आज साउनको तेस्रो सोमबार, पशुपति लगायत देशभरका शिवालयमा भीड

आज साउनको तेस्रो सोमबार, पशुपति लगायत देशभरका शिवालयमा भीड

काठमाडौं : साउनको तेस्रो सोमबार, आज बिहानैदेखि पशुपतिनाथ मन्दिर लगायत देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ।

साउनको सोमबार भक्तजनको बिहानैदेखि भीड लाग्ने भएकाले आज बिहान ३ बजेदेखि चारै ढोका खुला गरिएको पशुपति क्षेत्र विकास कोष संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशङ्कर पराजुलीले बताए। 

भक्तजनको भीड लाग्ने भएकाले साउनको सोमबारका अवसरमा पशुपति क्षेत्रमा तीज र महाशिवरात्रिको जस्तै तयारी गरिएको कोषले जनाएको छ। 

साउनको तेस्रो सोमबार आज पशुपतिनाथ लगायत शिवालयमा भेला भएका भक्तजनमध्ये धेरैजसो वर्तालु महिला रहेका छन्। साउनको सोमबारका अवसरमा आज राजधानीको गोकर्णेश्वर, नागेश्वर, वसन्तपुरस्थित सानो पशुपतिनाथ भनेर चिनिने मक्खन महादेवलगायत देशभरका शिव मन्दिरमा भक्तजनको भीड लागेको छ।

साउन १५, २०८० सोमबार १२:४२:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।