नेकपा माओवादीले पनि केन्द्रीय समिति बैठक लाइभ गर्ने

नेकपा माओवादीले पनि केन्द्रीय समिति बैठक लाइभ गर्ने
फाइल तस्वीर

काठमाडौँ : नेकपा माओवादी केन्द्रले पनि केन्द्रीय समिति बैठक लाइभ गर्ने भएको छ।

सोमबार बिहान बालुवाटारमा बसेको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको सचिव दीनानाथ शर्माले जानकारी दिए। 

पार्टीका विधान अधिवेशनलगायत विषयमा छलफल गर्न माओवादीले साउन १७ गते केन्द्रीय समिति बैठक डाकेको छ। शर्माका अनुसार बैठक ५ दिनसम्म चल्ने छ। 

यसअघि नेपाली कांग्रेसले पनि केही दिनअघि केन्द्रीय कार्यसमितिको बैठक लाइभ गरेको थियो।

साउन १५, २०८० सोमबार ११:०८:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।