ट्याक्टरको ठक्करबाट घाइते भएका प्रहरी जवानको मृत्यु

ट्याक्टरको ठक्करबाट घाइते भएका प्रहरी जवानको मृत्यु

धनगढी : कैलालीमा ट्याक्टरले ठक्कर दिँएर घाइते भएका प्रहरी जवानको मृत्यु भएको छ। 

आइतबार साँझ पूर्वपश्चिम राजमार्गअन्तर्गत गोदावरी नगरपालिका-३ को चौकीडाँडामा सुपप्र ०१०११ प ७३२० नम्बरको मोटरसाइकललाई सुपप्र ०१ ००२ त ६४१९ नम्बरको ट्याक्टरले ठक्कर दिएको थियो। 

उक्त ट्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार नेपाल प्रहरी विशेष सुरक्षा गण महेन्द्रनगरमा कार्यरत प्रहरी जवान कपिल कठायत घाइते भएका थिए।

कठायतलाई सेती प्रादेशिक अस्पतालमा उपचार गराइएको थियो। तर आइतवार राति साढे ९ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरिक्षक कुलदीप चन्दले जानकारी दिए।

मोटरसाइकल पछाडि सवार अर्का प्रहरी जवान हेमराज डाउकाको अवस्था पनि गम्भीर रहेको अस्पताले जनाएको छ।

डाउकाको मायामेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको छ। घटना गराउने ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

साउन १५, २०८० सोमबार १०:५०:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।