गुडिरहेको ट्रेनमा कन्स्टेबलले वरिष्ठ एसआईमाथि अन्धाधुन्ध गोली चलाउँदा चार जनाको मृत्यु

गुडिरहेको ट्रेनमा कन्स्टेबलले वरिष्ठ एसआईमाथि अन्धाधुन्ध गोली चलाउँदा चार जनाको मृत्यु
सांकेतिक तस्वीर

भारतको महाराष्ट्रको पालघरमा जयपुर-मुम्बई एक्सप्रेस ट्रेनमा सवार एक आरपीएफ कन्स्टेबलले आफ्ना वरिष्ठ एएसआईलाई अन्धाधुन्ध गोली हानेका छन्।

उक्त घटनामा गोली लागेर एएसआई र अन्य ३ यात्रुको मृत्यु भएको छ। चेतन नामका प्रहरी जवानले गोली हानेका हुन्। उनलाई प्रहरीले मिरा रोडबाट पक्राउ गरेको जनाएको छ। चारै जनाको शव शताब्दी अस्पतालको शवगृहमा राखिएको छ। 

घटना सोमबार बिहान करिब ५ बजेको हो। ती व्यक्तिले गोली चलाउनुको कारण खुल्न नसके पनि आरपीएफ जवान र उनका वरिष्ठ एएसआईबीच कुनै विषयमा झगडा र विवाद भएको प्रहरीले जानकारी दिएको छ।  
 

साउन १५, २०८० सोमबार ०९:५७:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।