हेटौँडामा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु

हेटौँडामा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु

हेटौँडा : चितवनबाट हेटौँडातर्फ आउँदै गरेको ना५७प २३१ नम्बरको मोटरसाइकल मनहरी गाउँपालिका-९ ज्यामिरेमा सडकमा रोकी राखेको ना५ख ७४७२ नम्बरको ट्रकमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। 

मृत्यु हुनेमा मोटरसाइकलमा सवार मनहरी-९ का २२ वर्षीय शम्भु गिरी र २१ वर्षीय सुशील गिरी रहेका मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए।

उनीहरूको चितवनको पुरानो मेडिकल कलेज भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको कार्कीले बताए। प्रहरीले ट्रक र ट्रक चालकलाई नियन्त्रणमा लिई घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

साउन १५, २०८० सोमबार ०८:४४:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।