रूपन्देही र कपिलवस्तु आसपास भारी वर्षा, कस्तो छ आजको मौसम ?

रूपन्देही र कपिलवस्तु आसपास भारी वर्षा, कस्तो छ आजको मौसम ?

काठमाडौँ : आज बिहान रूपन्देहीको लुम्बिनी, कपिलवस्तुको तौलिहवा र दाङको लालमटिया आसपास क्षेत्रमा पछिल्लो ३ घण्टामा भारी वर्षा मापन भएको छ।

उक्त क्षेत्र भई बहने कोठी, वाणगंगा, सुरईलगायत खोलाहरूमा बहाव बढ्ने भएकाले तटीय क्षेत्रहरू र रूपन्देहीका डुबान भइरहने होचा भूभागहरूमा सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले जनाएको आग्रह गरेको छ। 

यस्तै आज दिउँसो देशभर सामान्य बदली रहने र बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ। 

बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको जनाइएको छ। 

राति पनि देशभर सामान्य बदली  रहने र कोशी, बागमती, लुम्बिनी र मधेश प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाको नियमित बुलेटिनमा उल्लेख छ। 

पछिल्लो २४ घण्टामा पोखरामा सर्वाधिक (१६७ मिलिलिटर) वर्षा मापन भएको छ। 

हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनी न्यून चापको अक्षीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको महाशाखाले जनाएको छ। 

साउन १५, २०८० सोमबार ०७:२९:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।