पाकिस्तान विस्फोटमा मृत्यु सङ्ख्या ३५ पुग्यो, दुई सय जना घाइते

पाकिस्तान विस्फोटमा मृत्यु सङ्ख्या ३५ पुग्यो, दुई सय जना घाइते

एजेन्सी : पाकिस्तानको उत्तर पश्चिम प्रान्त खैबर पख्तुनख्वाको बजौर जिल्लामा आयोजित र्यालीमा भएको विस्फोटमा मृत्यु हुनेको सङ्ख्या ३५ पुगेको छ। बिबिसीका अनुसार जमियत उलेमा ए इस्लाम फज्लको र्यालीमा भएको विस्फोटमा दुई सय जना घाइते भएका छन्।

प्रहरीलाई उद्धृत गर्दै बिबिसीले लेखे अनुसार र्यालीमा आत्मघाती हमला भएको शङ्का गरेको छ। प्रहरी अधिकारीहरूले मृत्यु हुनेको सङ्ख्या बढ्न सक्ने बताएका छन्।

विस्फोटमा आयोजक सङ्गठनको एक स्थानीय प्रमुख नेताको मृत्यु भएको छ। उनको नाम मौलाना जियाउल्लाह रहेको बताइएको छ।

घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। गम्भीर घाइतेहरूलाई पेशावर ल्याउन हेलिकप्टर पठाइएको छ।

अहिलेसम्म घटनाको कसैले जिम्मेवारी लिएको छैन। प्रहरीले समेत घटनामा संलग्नबारे केही बताएको छैन। खैबर पख्तुनख्वा प्रान्त सीमा अफगानिस्तानसँग जोडिएको छ। पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफ लगायतका नेताहरूले घटनाको निन्दा गरेका छन्। उनले गृहमन्त्रीसँग घटनाको रिपोर्ट मागेका छन्।

साउन १४, २०८० आइतबार २२:१४:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।