एलइडी बोर्डमै स्मार्ट क्युआरको नोटिफिकेशन

एलइडी बोर्डमै स्मार्ट क्युआरको नोटिफिकेशन

काठमाडौँ : स्मार्ट च्वाइस टेक्नोलोजी लिमिटेडद्वारा सञ्चालित स्मार्ट क्युआर नेटवर्कमा आबद्ध मर्चेन्टहरूले एलईडी बोर्डमा  क्युआर भुक्तानीको रियल–टाइम अलर्ट प्राप्त गर्न सक्ने भएका छन्।

यस अगाडि कारोबार भएपछि कारोबार पूर्ण भएको  जानकारीको लागि कुर्न पर्ने बाध्यता थियो। टेलिकम नेटवर्कमा समस्या आउँदा वा एसएमएस पाउन ढिला हुँदा मर्चेन्टहरूलाई कारोबार पुरा भएको यकिन  गर्न कठिन भइरहेको थियो।

एसएमएस प्राप्त हुन नसकेको अवस्थामा कारोबार यकिन गर्न नसक्दा ग्राहक तथा मर्चेन्ट दुवैलाई अप्ठ्यारो भइरहेको थियो। अब भने एलईडी  स्क्रिनमा कारोबार भए लगत्तै कारोबारको रकम देखिने कम्पनीले जानकारी दिएको छ।

एससिटिले प्रदान गर्ने मोबाइल एप्लिकेसनद्वारा सजिलै कन्फिगर गर्न सकिने र स्मार्ट क्युआरमा आबद्ध बैङ्क तथा वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायक वालेट कम्पनीहरूद्वारा स्मार्ट क्युआरमा दर्ता भएका कुनै पनि मर्चेन्टहरूले यो सुविधा लिन सक्ने विज्ञप्तिमा उल्लेख छ।

पाथीभरा सेन्सर सोलुसनको सहकार्यमा स्मार्ट च्वाइस टेक्नोलोजीले यो सेवा सुरु गरेको हो।  सेवा लिन  इच्छुक ग्राहकहरूले स्मार्ट क्युआरमा आबद्ध बैक तथा वालेटहरूमा गएर यो सुविधाको लागि आवेदन दिन  सक्ने कम्पनीले जानकारी दिएको छ। 

साउन १४, २०८० आइतबार २०:२५:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।