हवाई टिकटमा भ्याट नलगाउन सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

हवाई टिकटमा भ्याट नलगाउन सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश
फाइल तस्बिर

काठमाडौँ : सर्वोच्च अदालतले हवाई टिकटमा मूल्य अभिवृद्धि कर (भ्याट) नलगाउन आदेश दिएको छ। 

चालु आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्यमा हवाई टिकटमा पनि भ्याट लाग्ने व्यवस्था गरिएको भन्दै रिट परेको परेको थियो। 

ट्राभल तथा टुर अपरेटरहरूको संस्था नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले दायर गरेको रिटमा सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो।

न्यायाधीश अनिलकुमार सिन्हाको इजलासले उक्त निर्णय निर्णय तत्काल कार्यान्वयन नगर्न सरकारको नाममा आदेश दिएको हो।

साथै यसमा सर्वोच्चले अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाएको छ।

साउन १४, २०८० आइतबार १९:५४:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।