पाकिस्तानको पख्तुनख्वा सहरमा ठूलो विष्फोट, कम्तीमा ३९ जनाको मृत्यु

पाकिस्तानको पख्तुनख्वा सहरमा ठूलो विष्फोट, कम्तीमा ३९ जनाको मृत्यु

पाकिस्तानको खैबर पख्तुनख्वामा आइतबार ठूलो विस्फोट भएको छ।

खैबर पख्तुनख्वाको बाजौर जिल्लाको खार तहसीलमा भएको यो विस्फोटमा ३९ जनाको मृत्यु भएको छ भने ५० जना घाइते भएको बताइएको छ।

घाइतेहरूलाई उपचारका लागि अस्पताल लगिएको छ। जमियत उलेमा इस्लाम फजलको सम्मेलन भइरहेका बेला उक्त विस्फोट भएको हो।

पाकिस्तानी मिडियाका अनुसार जमियत उलेमा इस्लाम फजलका प्रमुख नेता मौलाना जियाउल्लाह जानको पनि बम विस्फोटमा मृत्यु भएको छ ।

घटनास्थलमा हलचल मच्चिएको थियो। मानिसहरू आफ्नो ज्यान जोगाउन यताउता दौडन थाले। घाइतेहरूलाई हतारमा अस्पताल पुर्याइएको छ। यस विस्फोटमा ज्यान गुमाउनेको संख्या बढ्न सक्ने अधिकारीहरूले बताएका छन्।

साउन १४, २०८० आइतबार १९:४८:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।