हवाई टिकटमा भ्याट नलगाउन सर्वोच्चको अन्तरिम आदेश, दुवै पक्षलाई छलफलमा बोलायो
काठमाडौँ : बजेटमार्फत हवाई टिकटमा मूल्य अभिवृद्धि कर (भ्याट) लिने नीति तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।
नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले दायर गरेको रिटमा आइतबार न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासबाट हवाई टिकटमा भ्याट लगाउने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको हो।
सरकारले चालु आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्यमा हवाई टिकटमा भ्याट लाग्ने नीतिगत व्यवस्था गरेको थियो।
सर्वोच्च आइतबारले सरकारसँग लिखित जवाफ माग्दै अन्तरिम आदेशसँगै दुवै पक्षलाई छलफलमा बोलाएको छ। सरकारले बजेट मार्फत हवाई टिकटमा भ्याट लगाउने निर्णय गरेपछि टुर अपरेटरसहित वायु सेवा सञ्चालकहरूले समेत विरोध गर्दै आएका छन्।
साउन १४, २०८० आइतबार १९:२१:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।