एनआईएमबी एस क्यापिटल लिमिटेड र र गोल्छा ग्रुपबिच सम्झौता
काठमाडौँ : एनआईएमबी एस क्यापिटल लिमिटेड र हिम इलेकट्रोनिक्स प्राली र हंसराज हुलासचन्द एन्ड को प्रालिबिच एनआईबीएल म्युचुअल फन्ड अन्तर्गत सञ्चालित एनआईबीएल सहभागिता फन्डमा कर्पोरेट प्रोल एसआइपी लगानी गर्न सम्झौता भएको छ।
नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्क लिमिटेडद्वारा प्रवर्द्धित एनआइएमबी र गोल्छा ग्रुप अन्तर्गत सचांलित कम्पनीबिच आइतबार सम्झौता पत्रमा हस्ताक्षर भएको हो।
सम्झौता अन्तर्गत हिम इलेकट्रोनिक्स प्रावि तथा हंसराज हुलासचन्द एन्ड को प्रालीका कर्मचारीहरूले आफ्नो इच्छा अनुरूप मासिक रूपमा आफ्नो तलबको केही अंश निरन्तर एनआईबीएल सहभागिता फन्डको व्यवस्थित लगानी योजना मार्फत लगानी गर्न सक्ने कम्पनीले जानकारी दिएको छ।
सम्झौतामा हंसराज हुलासचन्द एन्ड को प्रालिका तर्फबाट कम्पनीका सहायक महाप्रबन्धक एचआर निता राणा र हिम इलेकट्रोनिक्स प्रालिका तर्फबाट उप–प्रबन्धक निलम केसी र एनआईबीएल एस क्यापिटल लिमिटेडको तर्फबाट कम्पनीका नायव महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरेका थिए।
हस्ताक्षर कार्यक्रममा एनर्आइबिएल एस क्यापिटल लिमिटेडका तर्फबाट म्युचुअल फन्ड प्रमुख पोस्कर बस्नेत, हंसराज हुलासचन्द एन्ड को प्रालीका तर्फबाट सहायक महाप्रबन्धक अकाउन्ट एन्ड फाइनान्स सन्तोषप्रसाद घिमिरे हिम इलेकट्रोनिक्स प्रालिका तर्फबाट वित्त नियन्त्रक अकाउन्ट एन्ड फाइनान्स योगेश चन्द्र पन्त पनि सहभागी थिए।
साउन १४, २०८० आइतबार १९:१०:४४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।