साइप्रस पठाउने प्रलोभनमा पारेर ठगी गरेको आरोपमा राजन गिरी पक्राउ

साइप्रस पठाउने प्रलोभनमा पारेर ठगी गरेको आरोपमा राजन गिरी पक्राउ

काठमाडौँ : वैदेशिक रोजगारीको लागि सइप्रस पठाईदिन्छु भन्दै दुई लाख रुपैयाँ ठगी गरेको आरोपमा राजन गिरी पक्राउ परेका छन्।  साइप्रस जान छ लाख रुपैयाँ लाग्छ अनि साईप्रस पुगेपछि मासिक एक लाख बढी तलब हुने प्रलोभन देखाएर ठगी गरेको आरोपमा पक्राउ परेका हुन्।

उनले प्रलोभनमा पारेर दुई लाख  रुपैयाँ लिएर सम्पर्क विहीन भएको र वैदेशिक रोजगार विभागबाट प्रहरीमा पक्राउ गरी उपस्थित गराउन पत्र आए अनुसार पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ।

 उनलाई लाजिम्पाटबाट पक्राउ गरेर थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग बुझाएको प्रहरीले जानकारी दिएको छ।

साउन १४, २०८० आइतबार १८:४९:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।