वेल्डिङ गर्दा बारुद गोदाममा विस्फोट, १२ जनाको मृत्यु

वेल्डिङ गर्दा बारुद गोदाममा विस्फोट, १२ जनाको मृत्यु

एजेन्सी : दक्षिणी थाइल्याण्डमा अनुमति नलिइ सञ्चालन गरिएको बारुद गोदाममा शनिबार अपरान्ह भएको शक्तिशाली विस्फोटमा ज्यान गुमाउनेको सङ्ख्या १० पुगेको छ।

शनिबार दिउँसो सुङ्गाई कोलोक सहरस्थित एक भवनको गोदाम नजिक वेल्डिङ गर्दा झिल्का लागेर विष्फोट हुँदा एक सयभन्दा बढी घाइते भएका तथा सयौं घरमा गम्भीर क्षति भएको स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन्। 

‘हामीले १० जनालाई पहिचान गरेका छौं र दुईवटा शवका भाग फेला पारेका छौं। जसको हामीले अझै पहिचान गर्न सकेका छैनौं, डीएनए परीक्षणका लागि सम्बन्धित निकायमा पठाइएको छ,’ नाराथिवाटका प्रान्तीय गभर्नरले पत्रकार सम्मेलनमा भनेका छन्। 

गोदामको एक हजार किलो बारुद विष्फोट भएको बताइएको छ।

साउन १४, २०८० आइतबार १७:३३:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।