नेपालगन्जमा सिने रोयल हल सञ्चालनमा, सिनेम्याटिकमा बेन्चमार्क भएको दाबी

नेपालगन्जमा सिने रोयल हल सञ्चालनमा, सिनेम्याटिकमा बेन्चमार्क भएको दाबी

काठमाडौँ : नेपालगन्जमा तीन स्क्रिनको आधुनिक लक्जरी सिनेमा हल सिने रोयल सञ्चालनमा आएको छ। अत्याधुनिक प्रविधि, आलिसान बसाई, इमर्सिभ साउन्डको सुविधा रहेको सिनेमा हल बेन्चमार्क हुने कम्पनीको दाबी छ।

तीन वटा ऑडिटोरियममा ५ सय ६० सिटको साथ सिने रोयल आधुनिक कला डेको डिजाइनको उत्कृष्ट नमुना भएको कम्पनीको दाबी छ।

संयुक्त राज्य अमेरिकाबाट आयातित सबै अडिटोरियममा नेपालकै पहिलो जेबीएल एटमोस साउन्ड सिस्टम रहेको, अडिटोरियमहरूमा प्रक्षेपण प्रणाली बेल्जियमबाट २०,००० लुमेन्स बारको प्रोजेक्टरहरू ग्यालालाइट मिराज ३.२ थ्री डी प्रिजम सिल्भर स्क्रिन र हङकङबाट  ३ बीम गेट–डी थ्री डी प्रणाली ल्याएको कम्पनीको दाबी छ। 

साउन १४, २०८० आइतबार १६:५१:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।