लगातार ओरालो यात्रामा नेप्से, आइतबार २६.१४ अंकको गिरावट

लगातार ओरालो यात्रामा नेप्से, आइतबार २६.१४ अंकको गिरावट

काठमाडौं : नेप्से परिसूचक आज (आइतबार) २६.१४ अंकले घटेर २१००.३४ बिन्दुमा सीमित भएको छ। मौद्रिक नीति अघि २२२७.१६ बिन्दुमा पुगेको नेप्सेमा यसपछि लगातार गिरावट आएको हो।

साताको पहिलो दिन म्युचुअल फन्ड ०.०४ अंकले बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ। सबैभन्दा धेरै निर्जीवन बीमा समूह २१०.३७ अंक र जीवन बीमा समूह १८८.१८ अंकले घटेको छ।

यस दिन विभिन्न दुई सय ६६ वटा कम्पनीको ६८ लाख ६० हजार ४२ कित्ता सेयर ४६ हजार तीन सय २७ पटक खरिदबिक्री हुँदा रू दुई अर्ब ५० करोड २८ लाख ८६ हजार पाँच सय २७ बराबरको कारोबार भएको छ। 

आजको कारोबारमा सबैभन्दा धेरै पिपुल्स पावर लिमिटेडको सेयर मूल्य प्रतिकित्ता ३.५६ प्रतिशतले दरले बढेको छ भने सबैभन्दा मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य ६.७८ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको रू १४ करोड ७८ लाख ७४ हजार तीन सय ४९ बराबरको सेयर किनबेच भएको छ।

कारोबार भएका सेयर सङ्ख्याका आधारमा भने सोल्टी होटल लिमिटेडको दुई लाख ६८ हजार सात सय ७४ कित्ता सेयर खरिदबिक्री भएको छ।

साउन १४, २०८० आइतबार १६:५४:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।