एमाले उपाध्यक्ष पौडेल भन्छन् : हिजोआज पार्टीका कार्यकर्ता कर्तव्यबाट विमुख बन्न थाले

एमाले उपाध्यक्ष पौडेल भन्छन् : हिजोआज पार्टीका कार्यकर्ता कर्तव्यबाट विमुख बन्न थाले

नेपालगञ्ज : एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पार्टी काममा सामूहिक भाव हुनुपर्ने बताएका छन्। 

एमालेका तर्फबाट लुम्बिनी प्रदेशमा निर्वाचित जनप्रतिनिधिलाई नेपालगञ्जमा आयोजित प्रशिक्षणमा उनले पार्टीभित्र झागिंदै गएको व्यक्तिवादी प्रवृत्तिलाई निरूत्साहित पार्दै सामूहिक भावका साथ काम गर्नतर्फ जनप्रतिनिधि अग्रसर हुनुपर्नेमा जोड दिए।

‘एमाले’ ख्याल ख्यालमै बनेको पार्टी होइन, यो जनताले विश्वास गरेको पार्टी हो,’ उपाध्यक्ष पौडेलले भने, ‘हिजोआज पार्टीका सिपाही कर्तव्यबाट विमुख बन्न थालेका छौं, सबैले आत्मसमीक्षा गरेर जिम्मेवारी बहन गरौं।’ 

उनले विगतमा भएका कमजोरीलाई सच्याउँदै पार्टीले उठाउने हरेक उम्मेदवारमा कार्यकर्ताले आफ्नो भविष्य देख्ने गरी सम्पूर्ण पार्टी पङ्क्ति सामूहिक भावका साथ पार्टी निर्माण अभियानमा होमिनुपर्ने बताए।

साउन १४, २०८० आइतबार १६:०३:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।