सुन छानबिनमा समिति बनाउन सार्वजनिक लेखा समितिले गरायो सरकारको ध्यानाकर्षण

सुन छानबिनमा समिति बनाउन सार्वजनिक लेखा समितिले गरायो सरकारको ध्यानाकर्षण

काठमाडौँ :  सुन तस्करीबारे निष्पक्ष छानबिन गर्न संसद्को सार्वजनिक लेखा समितिले छानबिन समिति बनाउन सरकारको ध्यानाकर्षण गराएको छ।

आइतबार बसेको समितिको बैठकमा सांसदहरूले हालै भन्सारबाट बाहिरिएको सय किलो तस्करीको सुनको अनुसन्धानबारे प्रश्न उठाएका थिए।

बैठकमा सांसदहरूले सुन तस्करीको विषयमा छानबिन गर्न समिति नै गठन गर्न माग गरेपछि समितिका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले छानबिन समिति गठन गरेर अनुसन्धान अगाडि बढार्न सरकारको ध्यानाकर्षण गराएका थिए।

बैठकमा केही सांसदहरूले लेखा समितिमै सुन तस्करीबारे छानबिन गर्न समिति गठन गर्न माग समेत गरेका थिए।

एक क्विन्टल बढी तस्करीको सुन बरामद भएपछि अहिले राजश्व अनुसन्धान विभागले यसको अनुसन्धान गरिरहेको छ। अनुसन्धानमा नेपाल प्रहरीका एक एसपी जोडिए पनि अनुसन्धानको नेतृत्व विभागले नै गरेको छ।

विभागले हालसम्म यो प्रकरणको अनुसन्धानकोक्रममा १८ जनालाई पक्राउ गरिसकेको छ। पक्राउ पर्नेहरूमा चिनिया, भारतीय र नेपाली नागरिकहरू रहेका छन्।

साउन १४, २०८० आइतबार १५:५०:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।