नापी अधिकृत पुरीले १ करोड बढी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दर्ता, श्रीमतीसमेत जोडिइन्

नापी अधिकृत पुरीले १ करोड बढी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दर्ता, श्रीमतीसमेत जोडिइन्

काठमाडौँ : नापी कार्यालय चाबहिलमा कार्यरत नापी अधिकृत राजु पुरीविरुद्ध गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दर्ता गरेको छ। 

एक करोड चार लाख तीन हजार ९४१ रुपैयाँ अवैध सम्पत्ति आर्जन गरेको ठहर गर्दै अख्तियारले आइतबार विशेष अदालतमा आरोप पत्र दायर गरेको हो।  

उनीविरुद्ध एक करोड चार लाख तीन हजार ९४१ रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता प्रवक्ता भोला दाहालले जानकारी दिए।

पुरीले सेवा प्रवेश गरेको २०५२ साल पुस ९ गतेदेखि २०७९ असार मसान्तसम्म एक करोड २० लाख ७७ हजार ७४८ रुपैयाँ आय देखिएकोमा व्ययतर्फ दुई करोड २४ लाख लाख ८१ हजार ६९० रुपैयाँ देखिएको छ।

पुरीले सार्वजनिक पदमा रहँदा गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति र सोबाट बढे/बढाएको सम्पत्ति श्रीमती सिर्जना गिरीको नाममा राखेको देखिएको अख्तियारले ठहर गरेको छ। 

पुरीको नाममा रहेको सम्पत्ति साविक जफत गरी र श्रीमती सिर्जनालाई समेत प्रतिवादी कायम गर्न माग गर्दै आयोगले आरोप पत्र दायर गरेको छ। 

१४ साउन, २०८०, १५:४६:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।