जापानको तीन सहरमा नेपथ्यले साङ्गीतिक कार्यक्रम गर्ने

जापानको तीन सहरमा नेपथ्यले साङ्गीतिक कार्यक्रम गर्ने

काठमाडौँ :  लोक रक ब्यान्ड नेपथ्यले जापानको तीन सहरमा कन्सर्ट गर्ने भएको छ। जापानको टोकियो, फुकुओका र ओसाका सहरमा  साङ्गीतिक कार्यक्रमका लागि १४ सदस्यीय टोली अगस्तको पहिलो साता जापान जाने आयोजक नेपालयले जानकारी दिएको छ।

नेपथ्यले टोकियोको ‘तोयोसु पिट’मा अगस्त ८ तारिखका दिन प्रस्तुति दिनेछ भने अगस्त १२ मा ‘फुकुओका सिभिल हल’ र अन्तिममा अगस्त १७ मा  ओसारास्थित ‘नाम्बा ह्याच’मा कार्यक्रम गर्ने छ।

सन् १९९८ मा नेपथ्य पहिलोपटक जापानमा साङ्गीतिक कार्यक्रम गरेको थियो। सन् २०१८ मा ‘टोकियो डोम’ मा कार्यक्रम गरेको थियो।

सन २०२३ भरि नेपथ्यका सबै प्रस्तुतीहरुलाई ‘मानवताका लागि सङ्गीत’ को नारा राखिएको छ।  

साउन १४, २०८० आइतबार १५:३९:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।