सारुकको मोबाइलमा सुसाइड नोट ' लेट मि रेष्ट इन पिस'

सारुकको मोबाइलमा सुसाइड नोट ' लेट मि रेष्ट इन पिस'

 

काठमाडौँ : आफ्नै घरमा मृत फेला परेका कलाकार सारुक ताम्राकारको मोबाइलमा सुसाइड नोट फेला परेको छ। प्रहरीको फरेन्सिक ल्याबमा उनको मोबाइलबारे अनुसन्धान गर्दा सुसाइड नोट फेला परेको हो।

नोटमा उनले सबै गल्ती आफ्नै भएको उल्लेख गर्दै कसैलाई आरोप नलगाउन आग्रह गरिएको स्रोतले बतायो। मोबाइलको नोट्समा उनले सबै यही आएर समाप्त हुनु थियो भन्दै लेखेका छन्' लेट मि रेष्ट इन पिस।’

सुसाइड नोटमा उनले कसैलाई आरोप लगाएका छैनन्। आत्महत्या गर्नुको कारण आफैँ भएको उल्लेख गर्दै बाबुआमालाई समेत सम्बोधन गरेका छन्। आमाबाबुलाई सम्बोधन गर्दै उनले पुनर्जन्म हुने भए यही परिवारमा जन्मन पाउँ भनेर लेखेको अनुसन्धानमा संलग्न स्रोतले उकेरालाई जानकारी दियो।

असार २१ मा रातोपुल नजिकै रहेको आफ्नै घरमा ताम्राकार झुन्डिएको अवस्थामा फेला परेका थिए। उनको आत्महत्याबारे प्रहरी वृत्त, मालीगाउँले अनुसन्धान गरिरहेको थियो।

रातभर फिल्मको छायाङ्कन सकेर बिहान घर फर्किएका उनी बेलुका ११ बजेतिर मृत फेला परेका थिए। उनको मृत्यु सँगै तन्त्र साधना लगायतका अन्धविश्वासमा समेत संलग्न देखिएपछि प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो।

अनुसन्धानकोक्रममा फिल्मको निर्माण टिम लगायतकासँग प्रहरीले सोधपुछ गरेको थियो।

साउन १४, २०८० आइतबार १५:१४:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।