भ्रष्टाचारको विरुद्धमा भएका पछिल्ला कामले जनतामा उत्साह छाएको छ : प्रचण्ड

भ्रष्टाचारको विरुद्धमा भएका पछिल्ला कामले जनतामा उत्साह छाएको छ : प्रचण्ड

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो समय भ्रष्टाचारको विरुद्ध र सुशासनको पक्षमा थालिएका महत्वपूर्ण प्रयासहरूले जनतामा उत्साहको नयाँ रक्तसञ्चार पैदा भएको बताएका छन्।

वाम बुद्धिजीवी माधव मरहठ्ठाको जीवनीमा आधारित ‘माधव सर’ पुस्तकको लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारको भ्रष्टाचारविरोधी अभियानमा दृढतापूर्वक साथ र सहयोग एवं ऐक्यवद्धता व्यक्त गर्ने आम जनसमुदायमा हार्दिक आभार समेत प्रकट गरे।

उनले भने, ‘पछिल्लो समय भ्रष्टाचारको विरुद्ध र सुशासनको पक्षमा महत्वपूर्ण प्रयासहरूले जनतामा उत्साहको नयाँ रक्तसञ्चार पैदा भएको छ। यसले नयाँ राष्ट्रिय एकता र समुन्नतिको जग आधार खडा भएको छ।’ 

प्रचण्डले वर्तमान सरकार नेपालको वाम लोकतान्त्रिक आन्दोलनको मर्म र भावना अनुरूप बदलिएको व्यवस्थाअनुसार जनताको अवस्था बदल्न र सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकतासहित गुणात्मक सुधारका पक्षमा क्रियाशील भइरहेको बताए।

साउन १४, २०८० आइतबार १३:५४:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।