एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक सोमबार

एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक सोमबार

काठमाडौं : एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक यही साउन १५ गते सोमबार बस्ने भएको छ।

मीनभवनस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने सो बैठकमा पार्टीका विभिन्न तहका बैठक कहिले र कहाँ गर्ने विषयमा छलफल  हुने उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए।

पार्टीको यही साउन १६ र १७ गते स्थायी कमिटी, १८ र १९ गते पोलिटब्यूरो र २० र २१ गते केन्द्रीय कमिटी बैठक बोलाइएकामा प्राविधिक कारणले तयारी नपुगेको जनाउँदै ती बैठक स्थगित भएका छन्। 

सङ्गठन सुदृढीकरण अभियानको समीक्षा, वैचारिक नीति, कामको विस्तृत योजनाका साथै पार्टी परित्याग गरी गएका केही नेताको पद रिक्त रहेकाले ती पदमा मनोनित गर्ने विषयमा छलफल गर्ने लगायत विषय बैठकको कार्यसूचीमा छ।

बैठकमा जनसङ्गठन युवा र विद्यार्थी विभागका काम व्यवस्थापनका लागि कार्ययोजना पारित गरिने छ।

साउन १४, २०८० आइतबार १३:४२:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।