बालकृष्ण खाणलाई अदालतले दोषी देखायो भने मात्रै पार्टीले कारबाही गर्छ : प्रकाशमान सिंह

बालकृष्ण खाणलाई अदालतले दोषी देखायो भने मात्रै पार्टीले कारबाही गर्छ : प्रकाशमान सिंह

चितवन : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका नेता बालकृष्ण खाणलाई अदालतले दोषी ठहर गरेपछि मात्रै पार्टीले कारबाही गर्ने बताएका छन्।

नेपाली कांग्रेस चितवनले आइतबार आयोजना गरेको पत्रकार भेटघाटमा उनले आरोप लाग्दैमा कारबाही गरिहाल्नुपर्छ भन्ने नरहेको स्पष्ट पारे।

उनले अदालतमा विचाराधीन रहेको मुद्दामा कांग्रेसले पहिला पनि कारबाही नगरेको भन्दै खाणको विषयमा समेत मुद्दाको फैसला आएपछि मात्रै निर्णय गर्ने बताए।

पुरानो नजिरलाई लिएर खाणलाई कारबाही नगरिएको उनको भनाइ थियो। उनले भने, ‘पहिले पनि यस्ता मुद्दामा अदालतको फैसलापछि मात्रै कारबाही गर्ने गरिएको थियो। त्यही अनुसार अहिले कारबाही नगरिएको हो।’ 

कांग्रेस भ्रष्टाचारको संरक्षणमा भने नलाग्ने उनले स्पष्ट पारे।

साउन १४, २०८० आइतबार १३:२९:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।