पहिरोले गए रातिदेखि सिद्धार्थ राजमार्ग अवरुद्ध

पहिरोले गए रातिदेखि सिद्धार्थ राजमार्ग अवरुद्ध
फाइल फोटो

पाल्पा : तिनाउ गाउँपालिका–३ स्थित ड्यामसाइड क्षेत्रमा पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ।

जिल्ला प्रहरी कार्यालय पाल्पाले गए रातिदेखि खसेको पहिरो पन्छाउने प्रयास भइरहेको जनाएको छ। सडक अवरुद्ध हुँदा यात्रु तथा सवारीसाधन बीच बाटोमै अलपत्र परेका छन्।

माथिबाट ठूलो ढुङ्गासहित अझै पहिरो खस्ने खतरा रहेको जनाइएको छ। बेलाबेलामा पाल्पा–बुटवल सडकको सिद्धबाबा क्षेत्रमा पहिरो खसेर समस्या भइरहेको छ।

सडकमाथिबाट चट्टानसहितको पहिरो खसेर वर्षायाम मात्र नभइ अन्य समय पनि यात्रा गर्ने यात्रु तथा सवारीसाधनले सास्ती भोग्नुपरिरहेको छ।

साउन १४, २०८० आइतबार ११:४३:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।