नयाँ बसपार्कमा यात्रुको झोला तानेर दुःख दिनेलाई प्रहरीको कारबाही

नयाँ बसपार्कमा यात्रुको झोला तानेर दुःख दिनेलाई प्रहरीको कारबाही

काठमाडौं : नेपाल प्रहरीले काठमाडौंको नयाँ बसपार्कमा यात्रुको झोला जथाभाबी तानेर यात्रुलाई दुःख दिने व्यक्तिलाई पक्राउ गरेको छ। 

प्रहरीले शनिबार नयाँ बसपार्कबाट १० जनालाई नियन्त्रणमा लिएको हो। जसमध्ये चारजना होटल सञ्चालक रहेका छन्।

प्रहरी प्रभाग नयाँ बसपार्कको टोलीले पछिल्लो समय गोंगबु स्थित नयाँ बसपार्कमा यात्रुको झोला तानेर दुःख दिने व्यक्तिलाई पक्राउ गरी कारबाही गर्न थालेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका सह प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) अनिल अधिकारीले विभिन्न स्थानबाट काठमाडौं आएका यात्रुलाई जबर्जस्ती झोला तानेर दुःख हैरानी दिने ट्याक्सी चालक, होटल सञ्चालक र होटलमा कार्यरत कर्मचारीलाई पक्राउ गरिएको जानकारी दिए।

साउन १४, २०८० आइतबार ११:३२:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।