पहिरोले नारायणगढ-मुग्लिन सडक फेरि अवरुद्ध

पहिरोले नारायणगढ-मुग्लिन सडक फेरि अवरुद्ध

चितवन : नारायणगढ-मुग्लिन सडकखण्डमा आइतबार बिहान खसेको पहिरोले गर्दा यातायात फेरि अवरुद्ध भएको छ। 

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक विजयराज पण्डितका अनुसार आज बिहान ९ बजे इच्छाकामना गाउँपालिका वडा नं ६ कालिखोलामा लेदोसहितको पहिरो खसेको हो।

पहिरोका कारण सो सडक भएर गुड्ने सवारीसाधन र यात्रुहरू अलपत्र परेका छन्। 

पानी परिरहेको र पहिरो खस्ने क्रम जारी रहेकाले पहिरो पन्छाउन कठिन भएको उनले बताए। पहिरोका कारण यस सडकखण्ड पटक-पटक अवरुद्ध हुँदै आएको छ।

साउन १४, २०८० आइतबार ११:१०:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।