युक्रेनी सैनिकद्वारा उत्तर कोरियाली रकेट प्रयोग, रुसी सैनिकबाट कब्जा लिएको दाबी

युक्रेनी सैनिकद्वारा उत्तर कोरियाली रकेट प्रयोग, रुसी सैनिकबाट कब्जा लिएको दाबी

युक्रेनी सैनिकहरूले युद्धमा उत्तर कोरियाली रकेट प्रयोग गरेका छन्। 

फाइनान्सियल टाइम्सका अनुसार युक्रेनको रक्षा मन्त्रालयले यी रकेटहरू रुसी सैनिकहरूबाट आफ्नो कब्जामा लिएको बताएको छ। युक्रेनको बाख्मुत सहर नजिकै सेनाले उत्तर कोरियाली हतियार प्रयोग गरेको देखिएको छ। 

अमेरिकाले उत्तर कोरियाका राष्ट्रपति किम जोङले रुसलाई समुद्रको माध्यमबाट हतियार आपूर्ति गरेको आरोप लगाउँदै आएको छ। दुवै देशले अमेरिकाको दाबीलाई निरन्तर अस्वीकार गर्दै आएका छन्। तर किमले युक्रेनमा रुसको आक्रमणलाई निरन्तरता दिँदै आएका छन्। 

जुलाई २७ मा रुसी रक्षामन्त्री सर्गेई सोइगुले उत्तर कोरियाको विजय दिवस परेडमा प्रमुख अतिथिको रूपमा भाग लिएका थिए। त्यसपछि उनले उत्तर कोरियाको रक्षा प्रदर्शनीमा ब्यालेस्टिक मिसाइल पनि हेरेका थिए। 

यसै क्रममा रुसी राष्ट्रपति पुटिनले युक्रेन मामिलामा शान्ति वार्ता हुन नदिने बताएका छन्। सेन्ट पिटर्सबर्गमा अफ्रिकी नेताहरूसँगको वार्तापछि पुटिनले भने, 'अफ्रिका र चीनले प्रस्तुत गरेको शान्ति योजनाका आधारमा शान्ति वार्ता अगाडि बढाउन सकिन्छ। युक्रेनले लगातार हामीमाथि आक्रमण गरिरहेको बेला युद्धविराम गर्नु झनै कठिन कार्य हो,' उनले अहिले रुसले युक्रेनमा आक्रमणलाई तीब्रता नदिएको पनि बताए।

मस्कोमा फेरि ड्रोन आक्रमण

मस्कोमा फेरि एक पटक ड्रोन आक्रमण भएको छ। मस्कोको वित्तीय केन्द्रमा ३ वटा ड्रोनद्वारा आक्रमण भएको छ, जसमा २ वटा भवनमा क्षति पुगेको छ। राजधानीका मेयर सर्गेई सोब्यानिनले युक्रेनले आक्रमण गरेपछि हवाई यातायात बन्द गरिएको बताए। आक्रमणमा एक जना घाइते भएका छन्। दुवै भवन खाली गरिसकिएको छ।

साउन १४, २०८० आइतबार १०:३९:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।