समाजवादी मोर्चाको विद्यार्थी मोर्चा घोषणा हुँदै, प्रचण्डदेखि विप्लवसम्मले सम्बोधन गर्ने

समाजवादी मोर्चाको विद्यार्थी मोर्चा घोषणा हुँदै, प्रचण्डदेखि विप्लवसम्मले सम्बोधन गर्ने
फाइल तस्वीर

काठमाडौँ : समाजवादी मोर्चाले आज विद्यार्थी मोर्चाको घोषणा गर्ने भएको छ। 

घोषणा समारोहलाई प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष  पुष्पकमल दाहाल 'प्रचण्ड', पूर्वप्रधानमन्त्री तथा नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र नेकपाका महासचिव  नेत्रविक्रम चन्द विप्लवले सम्बोधन गर्ने भएका छन्। 

‘समाजवाद र समाजवादी शिक्षाका आधार’ विषयक कार्यक्रमका साथ मध्याह्न १२ बजे ललितपुरको च्यासलस्थित हिमालयन कलेज अफ इन्जिनियरिङमा विद्यार्थीको मोर्चा घोषणा हुन लागेको हो। 

साउन १४, २०८० आइतबार १०:२९:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।