दक्षिण कोरियाको पानीजहाज कम्पनीमा काम गर्ने अवसर, भाषा परीक्षाका लागि खुल्यो आवेदन

दक्षिण कोरियाको पानीजहाज कम्पनीमा काम गर्ने अवसर, भाषा परीक्षाका लागि खुल्यो आवेदन

काठमाडौँ : ईपीएस कोरिया शाखाले दक्षिण कोरियामा पानीजहाज कम्पनीमा काम गर्न इच्छुकहरूलाई लागि आवेदन खुलाएको छ। 

ललितपुरको ग्वार्कोस्थित ईपीएस कोरिया शाखाले आज एक सूचना निकालेर भाषा परीक्षाका लागि आवेदन फारम भर्न भनेको छ। 

अनलाइनबाट साउन २० गतेदेखि २४ गतेसम्म फारम भर्न सूचनामा भनिएको छ। भाषा परीक्षा हुने स्थान र समय भदौ ८ गते शुक्रबार प्रकाशित गरिने उल्लेख छ। 

भाषा परीक्षामा पास भएकाहरुले दोस्रो चरणमा सीप परीक्षा दिनुपर्ने छ। भाषा परीक्षा, सीप परीक्षण र स्वास्थ्य परीक्षणमा पास भएपछि मात्र रोजगार आवेदन फारम भर्न पाइने जनाइएको छ। 

१८ वर्ष पूरा भई ३९ वर्ष ननाघेकाले फारम भर्न पाइने सूचनामा उल्लेख गरिएको छ। साथै कामदारको मागअनुसार उत्तीर्ण संख्या थपघट हुने पनि सूचनामा जनाइएको छ। 

साउन १४, २०८० आइतबार ०९:१५:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।