कास्की र झापामा अति भारी वर्षा : साना खोलाहरूमा बाढीको जोखिम, सतर्क रहन अनुरोध

कास्की र झापामा अति भारी वर्षा : साना खोलाहरूमा बाढीको जोखिम, सतर्क रहन अनुरोध

काठमाडौँ : आइतबार बिहानदेखि कास्की र झापामा भारी वर्षा भएको छ। 

हाल मनसुनी न्यून चापको अक्षीय रेखा सरदर स्थानको आसपास अवस्थित छ। 

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार कास्कीको जुम्लेटी(पोखरा, मालेपाटन, लुम्ले, ज्यामिरेबारी,छोम्रोङलगायत कास्की पर्वत आसपास पछिल्लो ६ घण्टामा अति भारी वर्षा भएकाले ससना खोलाहरूमा आकस्मिक बहावको जोखिम हुने भएकाले सतर्कता अपनाउन भनिएको छ। 

त्यस्तै कुस्मा-पोखरा खडक खण्ड, घान्द्रुक र आसपास पहिरोको जोखिम, कमजोर भिरालो जमिनमा उच्च सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ। 

यसैगरी झापाको केचनामा पछिल्लो ३ घण्टामा अति भारी वर्षा भएको छ। सो क्षेत्र भई बहने स-साना खोलामा बाढीको जोखिम, तटीय क्षेत्र डुबानमा पर्ने सम्भावना रहेकाले सतर्कता अपनाउन भनिएकव छ। 

त्यस्तै गएराति कर्णाली प्रदेशको जुम्मा पनि भारी वर्षा भएको छ। उक्त क्षेत्र भई बहने कालीखोलालगायत ससना नदीमा पानी बहाव बढेको छ। 

साउन १४, २०८० आइतबार ०७:१६:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।