सरकारी अस्पतालमा बिहान ८ बजेदेखिको सेवा प्रभावकारी भएकाे मन्त्री बस्नेतकाे दाबी

सरकारी अस्पतालमा बिहान ८ बजेदेखिको सेवा प्रभावकारी भएकाे मन्त्री बस्नेतकाे दाबी

काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले वीर लगायतका केही सरकारी अस्पतालमा लागू गरिएको बिहान ८ बजेदेखि सुरु गरिएको बहिरङ्ग सेवा प्रभावकारी भएकाे दाबी गरेका छन्।

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको मस्तिष्क मृत्यु अङ्ग प्रत्यारोपणसम्बन्धी प्रस्तुती ‘पुनर्जन्म’ वृत्तचित्र सार्वजनिक कार्यक्रममा मन्त्री बस्नेतले यस्ताे दाबी गरेका हुन्।

‘सीमित स्रोत साधनका बाबजुद संविधानले आमनागरिकका लागि सुनिश्चित गरेको निःशुल्क उपचार सेवा दिलाउन सरकार प्रतिबद्ध छ,’ उनले भने, ‘कुनै पनि गरिब एवं विपन्न नागरिकले पैसाको अभावमा अकालमा ज्यान गुमाउन नपरोस् भन्ने पाटोमा हामी सजग छौँ।’

सरकारको पछिल्ला कदमले स्वास्थ्यमा अनुशासन र सुधारका कार्यक्रम प्रभावकारी देखिएको जिकिर गर्दै उनले अनुशासन र क्रियाशील जीवनले मानिसलाई निरोगी हुन मद्दत पुर्याउने बताए।

स्वास्थ्य मन्त्री बस्नेतले भन्नुभयो, ‘उपचारका नाममा ठूलो रकम विदेश नजाओस् भन्ने हेतुले विशिष्ट व्यक्तिको उपचारका लागि वीर अस्पतालमा उपचार कक्ष र शय्या बढाउन निर्देशन भइसकेको छ, मानव अङ्ग प्रत्यारोपण केन्द्रको विकास र विस्तारलाई पनि प्राथमिकता दिइनेछ।’

साउन १३, २०८० शनिबार १९:३०:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।