‘गरिबको चमेली बोल्दिने कोही छैन’ भन्दै बालेन र सुनिताविरुद्ध काठमाडौंमा प्रदर्शन

‘गरिबको चमेली बोल्दिने कोही छैन’ भन्दै बालेन र सुनिताविरुद्ध काठमाडौंमा प्रदर्शन
फाइल तस्बिर

काठमाडौं : काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह बालेन र उपप्रमुख सुनिता डंगोलविरुद्ध प्रदर्शन भएको छ।

‘गरिबको चमेली बोल्दिने कोही छैन’ स्लोगनसिहत अभियन्ताहरूले काठमाडौं महानगरका प्रमुख र उपप्रमुखको कार्यालय राष्ट्रिय सभा गृहअगाडि प्रदर्शन गरेका हुन्।

उनीहरूले रैथाने फुटपाथ व्यवसायी, साइकल तथा गाढा व्यवसायीहरूको सम्मानजनक व्यवस्थापनका लागि उचित नीति, गैरकानूनी आचरणको अन्त्यको साथै काठमाडौं महानगरसँग जवाफदेहिताको माग गरेका छन्।

प्रदर्शनमा सहभागीहरूले ‘बालेन सुनिता तिमीहरूलाई मत र साथ दिनु के गल्ती नै थियो?’, ‘मानवता, सहानुभूति र जबाफदेहिता नभएको युवा नेतृत्व कसरी फरक भयो?’, ‘गरिब होइन गरिबी हटाऊ!’ लेखिएका प्लेकार्ड बोकेका थिए।

अभियन्ताहरूले महानगरले सडक व्यवसायी तथा गरिखाने वर्गमाथि गरिरहेको धरपकडको विरोध गरिरहेका छन्।

साउन १३, २०८० शनिबार १७:५८:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।