बागलुङको जंगलमा भेटियो मानव कंकाल

बागलुङको जंगलमा भेटियो मानव कंकाल
फाइल फोटो

बागलुङ : बागलुङको जंगलमा मानव कंकाल भेटिएको छ। जिल्लाको निसीखोला गाउँपालिका–६ पातीहाल्ने नजिकैको जंगलमा सडेको अवस्थामा बेवारिसे शव फेला परेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक राजेश शर्मा अधिकारीले जानकारी दिए। 

‘शव कंकाल बनिसकेको छ, धेरै दिन अगाडि मृत्यु भएको हुनसक्छ, शरीर कुहिएको अवस्थामा हड्डी मात्रै बाँकी रहेको हुँदा को व्यक्ति हो पहिचान गर्न सकिएको छैन,’ अधिकारीले बताए। 

उनले जिल्ला मातहतका प्रहरी चौकीमा खबर गरेका र छिमेकी जिल्ला रोल्पा र रुकुममा पनि जानकारी गराएको बताए। तर अहिलेसम्म कुनै मानिस हराएको निवेदन नपरेको उनले बताए। 

पातीहाल्ने जंगलमा पुगेका स्थानीयले मानव कंकाल फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए।

साउन १३, २०८० शनिबार १७:२६:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।