१४ वर्षदेखि प्रधानमन्त्री रहेकी शेख हसिनाको राजीनामा माग्दै बंगलादेशमा तनाव

१४ वर्षदेखि प्रधानमन्त्री रहेकी शेख हसिनाको राजीनामा माग्दै बंगलादेशमा तनाव

एजेन्सी : १४ वर्षदेखि बंगलादेशको प्रधानमन्त्री रहेकी शेख हसिनाको राजीनामा माग गर्दै विपक्षी कार्यकर्ता प्रदर्शन गरेका छन्।

आगामी जनवरीमा हुन लागेकाे संसदीय निर्वाचनमा तटस्थ प्रशासनलाई सत्ता हस्तान्तरण गरी निर्वाचन गराउन माग गर्दै विपक्षी दलका कार्यकर्ताले प्रदर्शन गरेका हुन्।

प्रदर्शनकारीलाई प्रहरीले तितरबितर पारेकाे छ। त्यसका लागि अश्रुग्यास र लाठी चार्जसमेत गरेकाे थियाे।

विपक्षी बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी)ले आफ्ना समर्थकहरूले ढाकामा धर्ना दिन खोज्दा प्रहरीले उनीहरूलाई रोक्न बल प्रयोग गरेको बताएको छ।

प्रहरीको कारबाहीमा पार्टीका धेरै नेता तथा कार्यकर्ता घाइते भएको बीएनपीको भनाइ छ। यस विषयले बंगलादेशमा तनाव बढ्दै गएको छ।

देशको सत्तारुढ पार्टी अवामी लिगले बिएनपीको यो मागलाई अस्वीकार गरेको छ।

बंगलादेशका विपक्षी र मानवअधिकार संगठनहरूले सत्ता विरोधी प्रदर्शनमा सरकारको कारवाहीको आलोचना गरेका छन्।

बंगलादेशमा हसिना सन् २००९ देखि प्रधानमन्त्रीको कुर्सीमा छिन्।

साउन १३, २०८० शनिबार १५:५९:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।