कांग्रेसले सर्वोच्चको आदेश पालना गर्छ : नेता सिंह

कांग्रेसले सर्वोच्चको आदेश पालना गर्छ : नेता सिंह

काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कोशी प्रदेशको सरकारका विषयमा सर्वोच्च अदालतको आदेश पार्टीले पालना गर्ने बताएका छन्।

शनिबार चितवनमा सञ्चारकर्मीसित कुरा गर्दै उनले कांग्रेस कानूनी राज्यको पक्षमा रहेको उल्लेख गरे।

‘नेपाली कांग्रेस कानून मान्ने पार्टी भएकाले त्यसलाई स्वीकार्छौं,’ उनले भने, ‘आफूलाई पर्दा नमान्ने र अरुलाई पर्दा मान्ने भन्ने हुँदैन।’

सिंहले कोशीमा सरकार गठनका लागि दलहरूसँग छलफल भइरहेको जानकारी दिए। प्रदेश आफैँ स्वायत्त भएकाले प्रदेशकै नेताहरूले यसबारेमा निर्णय गर्ने उनको भनाइ छ।

उनले अगाडि थपे, ‘प्रदेश सरकार गठनका विषयमा त्यहीको संसदीय दलको नेताले निर्णय गर्नुहुनेछ।’

सरकार गठनका विषयमा प्रदेशको केन्द्रसँग समन्वय भइरहेको भए पनि हस्तक्षेप नहुने उनको भनाइ छ।

साउन १३, २०८० शनिबार १५:३२:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।