मुरली चोकमा एभरेष्ट बैंकको १२७औं शाखा
काठमाडौं : एभरेष्ट बैंकले जनकपुरको मुरली चोकमा आफ्नो १२७औं शाखा विस्तार गरेको छ।
शाखाको शुक्रबार जनकपुर उप–महानगरपालिका वडा नं. ४ का वडाध्यक्ष सुरेश झा र बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विजयकुमार शर्माले संयुक्त रूपमा उद्घाटन गरे।
उद्घाटन समारोहमा बैंकका मधेश प्रदेशका प्रादेशिक–प्रबन्धक विभूती न्यौपानेलगायत अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो।
वडाध्यक्ष झाले मुरली चोकमा शाखा विस्तार भएसँगै सर्वसाधरणको वित्तीय पहुँच अझ सहज तथा सुलभ हुने विश्वास व्यक्त गरे।
योसँगै जनकपुरमा बैंकको शाखा संख्या २ पुग्नुका साथै मधेश प्रदेशमा १४ पुगेको छ।
पंजाब नेशनल बैंक भारतसँग संयुक्त साझेदार रहेको बैंकमा हालसम्म करिब १३ लाखभन्दा बढी ग्राहक छन्। बैंकको देशभर १२७ शाखा, तीन एक्सटेन्सन काउण्टर, सात प्रादेशिक कार्यालय र १६२ एटीएम छन्।
साउन १३, २०८० शनिबार १५:१२:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।