सानिमा बैंकको ‘फाइभ इन वान’ सेवा सञ्चालनमा

सानिमा बैंकको ‘फाइभ इन वान’ सेवा सञ्चालनमा

काठमाडौं : सानिमा बैंकले ग्राहकहरूका लागि सानिमा ‘फाइभ इन वान’ खाता सेवा सञ्चालनमा ल्याएको छ।

यो सेवा सानिमा ‘थ्री इन वान’ खाताको परिष्कृत सेवा भएको कम्पनीले जनाएको छ।

यस अन्तर्गत ग्राहकहरुले बचत खाता, डिम्याट खाता, शेयर ट्रेडिङ खाता, सी आस्वा र मेरो शेयरको सेवाका लागि एकै पटक वा छुट्टाछुट्टै आवेदन दिन सक्नेछन्।

सानिमा बैंकले सानिमा क्यापिटलसँगको सहकार्यमा यो सेवा प्रदान गरेको हो। यस सेवामार्फत नयाँ तथा पुराना ग्राहकहरुले बैंकको वेबसाइटबाट सहजै सेवा पाउनेछन्।

ग्राहकहरूलाई सहज र सरल रूपमा डिजिटल शेयर ट्रेडिङ प्लेटफर्म उपलब्ध गराउने उद्देश्यले यो पहल गरेको हो।

बैंककोे सातै प्रदेशमा १३२ वटा कार्यालय र १२२ वटा एटीएम सञ्जाल छन्।

साउन १३, २०८० शनिबार १५:००:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।