भारतमा तीर्थयात्री बोकेको बस अर्को बससँग ठोक्कियो, ६ जनाको मृत्यु

भारतमा तीर्थयात्री बोकेको बस अर्को बससँग ठोक्कियो, ६ जनाको मृत्यु

एजेन्सी : शनिबार बिहान महाराष्ट्रको बुलढाना जिल्लाको राष्ट्रिय राजमार्गमा भएको सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने अन्य १९ जना घाइते भएका छन्। 

राष्ट्रिय राजमार्गमा दुई वटा बस एक आपसमा ठोक्किंदा उक्त हताहति भएको जिल्ला प्रहरी कार्यालयका अधिकृत एचपी तुम्मोडले बताए। 

बुलढाना जिल्लाको मलकापुर नगरस्थित फ्लाईओभरमा अमरनाथ तीर्थयात्राबाट हिङ्गोलीतर्फ गइरहेको बस र नागपुरबाट नासिकतर्फ गइरहेको अर्को बस एक आपसमा ठोक्किएका थिए। दुर्घटनाको अनुसन्धान भइरहेको छ। 

अधिकृत तुम्मोडका अनुसार दुर्घटनामा पाँच जनाको घटनास्थलमै र एक यात्रुको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो। अन्य घाइते यात्रुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

साउन १३, २०८० शनिबार १३:५१:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।