सन्दीपले लगातार तीन खेलमा जिते ‘मोमेन्ट अफ अफ द म्याच’ अवार्ड

सन्दीपले लगातार तीन खेलमा जिते ‘मोमेन्ट अफ अफ द म्याच’ अवार्ड

काठमाडौं : नेपाली क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेले क्यानडामा जारी ग्लोबल टी-२० लिगमा लगातार तीन खेलमा ‘मोमेन्ट अफ अफ द म्याच’ अवार्ड जितेका छन्। 

सर्रे जागुअर्सबाट खेलिरहेका सन्दीपको सानदार बलिङको सहयोगमा जागुअर्सले मिसिसौगा प्यान्थर्सलाई ५५ रनले हरायो। जसका लागि सन्दीपले ३ ओभरमा मात्र १८ रन खर्चेर ३ विकेट लिएका थिए। 

जितको लागि १६५ रनको विजयी लक्ष्य पछ्याएको प्यान्थर्स १ सय ९ रनमै अल आउट भएको थियो। सन्दीपले १३ औं ओभरमा दुई विकेट लिंदै टिमलाई जितको नजिक लगेका थिए।

यसअघि उनले टोरन्टो नेशनल र  मोन्टरिएल विरुद्धको खेलमा पनि ५ सय डलर पुरस्कार भएको यो अवार्ड हात पारेका थिए।

साउन १३, २०८० शनिबार १२:१४:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।