चोरीको मोटरसाइकलसहित काठमाडौँबाट एक जना पक्राउ
काठमाडौँ : काठमाडौंको तारकेश्वर नगरपालिका-५ गुम्बाबाट शुक्रबार चोरीको मोटरसाइकलसहित १ जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेमा काठमाडौंकै गोलढुंगा बस्ने गोरखाको पालुङटार नगरपालिका-१ का २६ वर्षीय दिनेश गिरी रहेका छन्।
गत वैशाख १७ गते मनमैजुबाट प्रदेश ३-०२-०१० प ७० ८० नम्बरको पल्सर मोटरसाइकल हराएको भनी धादिङका बलराम श्रेष्ठले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा निवेदन दिएका थिए।
खोजी गर्ने क्रममा परिवर्तित प्रदेश ३- ०२-०११ प ४५ ९१ नम्बर राखेर मोटरसाइकल चलाइरहेको अवस्था गिरीलाई हिजो यस कार्यालयको पीडित सहायता इकाइबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो।
गिरीलाई थप अनुसन्धान तथा कारबाहीका प्रहरी वृत्त बालाजु पठाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए।
साउन १३, २०८० शनिबार १०:११:४६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।