६२ मिनेटमा मैदान पसेका रोनाल्डो गोलविहीन, अल नासर बराबरीमा रोकियो

पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो सम्मिलित अल नासरले अरब क्लब च्याम्पियन्स कपमा निराशाजनक बराबरी खेलेको छ।
च्याम्पियन्स कपको पहिलो खेलमा नासरले अल शबाबसँग गोलरहित बराबरी खेलेको हो। खेलको ६२ मिनेटमा रोनाल्डो मैदान प्रवेश गरेका थिए।
समूह 'सी' मा रहेका दुवै टोलीले खेलपछि १-१ अंक बाँडेका छन्। अल नासर पछिल्लो पाँच खेलमा जितविहीन छ। उसले अब यसै कपअन्तर्गत अर्को खेल आइतबार राति पौने एक बजे खल्नेछ।
साउन १३, २०८० शनिबार ०९:४९:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।