बिहान ३ बजे सञ्चालनमा ल्याइएको नारायणगढ-मुग्लिन सडक फेरि अवरुद्ध

बिहान ३ बजे सञ्चालनमा ल्याइएको नारायणगढ-मुग्लिन सडक फेरि अवरुद्ध
फाइल तस्वीर

चितवनः नारायणगढ-मुग्लिन सडक खण्ड पुनः अवरुद्ध भएको छ।

यस सडकखण्डको कालीखोलामा पहिरो खसेसँगै सडक अवरुद्ध भएको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार आज बिहान ७ बजे इच्छाकामना गाउँपालिका–६ कालीखोलामा पहिरो खसेपछि आवगमन अवरुद्ध भएको हो।

जसका कारण सो सडक भएर गुड्ने सवारी साधन र यात्रु अलपत्र परेका छन्। पहिरो पन्छाउने काम भइरहेको प्रहरीको भनाइ छ।

आज बिहान १ बजे सोही स्थानमा खसेको पहिरो पन्छाएर ३ बजेदेखि सडक सञ्चालनमा ल्याइएको थियो। पहिरोका कारण यस सडकखण्ड पटक-पटक अवरुद्ध हुँदै आएको छ।

साउन १३, २०८० शनिबार ०९:०७:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।