सिंगापुरमा पछिल्लो २० वर्षयता पहिलो पटक महिलालाई फाँसी, हेरोइन बेचेको आरोप

सिंगापुरमा पछिल्लो २० वर्षयता पहिलो पटक महिलालाई फाँसी, हेरोइन बेचेको आरोप

सिङ्गापुरमा शुक्रबार एक ४५ वर्षीया महिलालाई फाँसी दिइएको छ।

त्यहाँको नार्कोटिक्स ब्यूरोले सन् २०१८ मा सारीदेवी बिन्ते जमानी नामकी महिलाबाट ३१ ग्राम हेरोइन बरामद भएको जनाएको छ।

त्यहाँ रहँदा उनी १ किलो हेरोइन बेचेको आरोपमा पक्राउ परेकी थिइन्। यस मुद्दामा उनलाई मृत्युदण्डको सजाय सुनाइएको हो। ब्यूरोले जमानीलाई सजाय दिन कानुनको पूर्ण पालना गरेको जनाएको छ।

पछिल्लो २० वर्षमा पहिलो पटक सिंगापुरमा महिलालाई फाँसी दिइएको हो। यसअघि सन् २००४ मा ३६ वर्षीया कपाल काट्ने महिलालाई लागूऔषध तस्करीको आरोपमा फाँसी दिइएको थियो।

हाल मानवअधिकार संगठन एम्नेस्टी इन्टरनेशनलले सिंगापुरको यो कदमको कडा आलोचना गरेको छ। संस्थाले भनेको छ - हामी मृत्युदण्ड खारेज गर्ने देशहरूलाई सिंगापुरमा यो सजाय प्रतिबन्ध लगाउन मद्दत गर्न अपील गर्दछौं।

सिङ्गापुर विश्वका थोरै देशहरूमध्ये एक हो, जहाँ लागुऔषध ओसारपसारमा मृत्युदण्ड दिइन्छ। अल्जजिराको रिपोर्टका अनुसार सिंगापुरले लागुऔषध तस्करीका मुद्दामा विदेशीलाई पनि छोड्दैन। अप्रिलमा सिंगापुरमा एक भारतीय मूलका तमिल नागरिकलाई मृत्युदण्ड दिइएको थियो।

साउन १३, २०८० शनिबार ०८:१०:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।