अवरुद्ध मुग्लिन-नारायणगढ सडकखण्ड सञ्चालनमा

अवरुद्ध मुग्लिन-नारायणगढ सडकखण्ड सञ्चालनमा
फाइल तस्वीर

चितवन : पहिरो खसेर अवरुद्ध मुग्लिन-नारायणगढ सडकखण्ड सञ्चालनमा ल्याइएको छ। 

चितवनको इच्छाकामना गाउँपालिका-५ कालीखोला नजिक आज बिहान १ बजे पहिरो खसेर सडकखण्ड अवरुद्ध भएको थियो। सडक डिभिजन कार्यालय चितवनको एक्साभेटर प्रयोग गरेर पहिरो हटाएपछि बिहान ३ बजेदेखि यातायात सेवा सञ्चालनमा आएको सडक डिभिजन कार्यालय चितवनले जनाएको छ। 

पहिरो पन्छाएपछि रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेका छन्। पहिरोका कारण नारायणगढ-मुग्लिन सडकखण्ड पटक-पटक अवरुद्ध हुँदै आएको छ। 

साउन १३, २०८० शनिबार ०७:०६:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।