एनओजीको बुटवल दोस्रो च्याप्टर राइडमा अनुशासित राइडरलाई मेडल

एनओजीको बुटवल दोस्रो च्याप्टर राइडमा अनुशासित राइडरलाई मेडल

काठमाडौँ : जगदम्बा मोटर्सले बुटवलमा दोस्रो पटक एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड कार्यक्रम गरेको छ।

राइड टिभिएसको बुटवल शोरूम (बालाजी  अटोमोबाइल्स) बाट सुरु भएर बन बाटिका, बुटवल पुगेर समापन भएको थियो। जगदम्बा टिभिएस मोटर कम्पनीको लागि नेपालको आधिकारिक वितरक हो।

उक्त राइडमा सहभागीहरू बिच विभिन्न गेमहरू पनि खेलाउनुको साथै अनुशासित राइडरलाई मेडल दिइएको थियो।

करिब ४० जना राइडरहरु सहभागी भएको उक्त राइड सम्पूर्ण सुरक्षा सावधानीहरूका साथ नेपाल सरकारको अनुमति लिएर सञ्चालन गरिएको आयोजकले जनाएको छ।

उक्त राइडमा प्राविधिक टिमले सडक सुरक्षाको बारेमा जानकारी गराएका थिए। कार्यक्रम राइडरले अपनाउनुपर्ने नियम र सुरक्षाको जानकारी समेत दिइएको थियो।

साउन १२, २०८० शुक्रबार २२:३६:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।