एनआईसी एसिया बैङ्कले स्मार्ट अडियो अलर्ट डिभाइस ल्यायो
काठमाडौँ : एनआईसी एसिया बैङ्कले स्मार्ट अडियो अलर्ट डिभाइस सार्वजनिक गरेको छ।
क्युआर कोडमार्फत भएको भुक्तानीको जानकारी आवाजबाटै पाउने विशेषता भएको स्मार्ट अडियो अलर्ट डिभाइस सार्वजनिक गरेको हो।
बैङ्कको क्युआर कोड भुक्तानी प्रणालीमा आबद्ध भएका मर्चेन्टहरूले सेवाग्राहीबाट उक्त प्रणालीमा भुक्तानी लिँदा एसएमएस वा इमेल अलर्टको अतिरिक्त डिभाइसमार्फत आवाजबाटै भुक्तानी प्राप्त भएको पुष्टि गर्न सकिने बैङ्कले जानकारी दिएको छ।
डिजिटल बैंकिङ्गलाई सहज, सरल र सुरक्षित बनाउन सो डिभाइसको सुरुवात गरेको बैङ्कले बताएको छ।
बैङ्कले नेपाल क्लियरिङ हाउस लिमिटेडसँगको सहकार्यमा डिभाइस ल्याएको हो। नेपाल पे क्युआरबाट भुक्तानी गर्दा मौखिक जानकारी प्राप्त हुनेछ भने अन्य भुक्तानी नेटवर्कबाट भुक्तानी गर्दा समेत यस्तै सूचना दिने व्यवस्थाको तयारी गरिरहेको बैङ्कको विज्ञप्तिमा उल्लेख छ।
साउन १२, २०८० शुक्रबार २०:३२:४८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।