धादिङको ताल्तीमा सानिमा बैङ्कको एटिएम, सङ्ख्या एक सय २३ पुग्यो
काठमाडौँ : ग्रामीण क्षेत्रमा सहज बैङ्किङ सुविधा उपलब्ध गराउन सानिमा बैङ्कले बेनीघाट रोराङ गाउँपालिका, ताल्तीमा एटिमएम बुथ राखेको छ।
बैङ्कले होङसी सिमेन्ट नारायणी प्रालि उद्योगको परिसरमा एटिएम बुथ राखेको हो। सो बुथसँगै सानिमाको एटिएम बुथको सङ्ख्या एक सय २३ पुगेको छ। बैङ्कको सातै प्रदेशमा १ सय ३२ वटा कार्यालय रहेका छन्।
बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर २ का अध्यक्ष हेमराज भुजेल, सो उद्योगका जेनेरल मेनेजर बैङ्कका प्रमुख संस्थागत निक्षेप श्रीमती रमिला श्रेष्ठ, बाग्मती प्रदेश क्लस्टर २ का प्रमुख नीरज सिम्खडा लगायतको उपस्थितिमा एटिएम बुथ प्रारम्भ गरिएको हो।
वडा अध्यक्ष भुजेल तथा कम्पनीका जेनेरल मेनेजरले गाउँपालिकामा बैंकिङ्ग सेवा विस्तार गरी वित्तीय पहुँच बढाउन सहयोग गरेको भन्दै बैङ्कलाई धन्यवाद दिएका थिए।
बैङ्कका प्रमुख संस्थागत निक्षेप श्रेष्ठले यस क्षेत्रको जनताको वित्तीय आवश्यकतालाई महसुस गरी एटिएम. स्थापना गर्न अवसर दिएकोमा धन्यवाद दिइन्।
सानिमा बैङ्कका डिजिटल बैंकिङ्ग प्रमुख विक्रम श्रेष्ठले कार्यक्रममा सहभागीहरूलाई धन्यवाद दिएका थिए।
साउन १२, २०८० शुक्रबार २०:२३:४६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।