दक्षिण सुडानको वर्कसपमा झुन्डिएको अवस्थामा नेपाली शान्ति सेनाको शव भेटियो

दक्षिण सुडानको वर्कसपमा झुन्डिएको अवस्थामा नेपाली शान्ति सेनाको शव भेटियो

 

काठमाडौँ : दक्षिण सुडानमा खटिएका नेपाली सेनाका अमलदार रामबहादुर बाँठा झुन्डिएको अवस्थामा फेला परेका छन्।  संयुक्त राष्ट्रसङ्घको आव्हानमा शान्ति स्थापना कार्यको युनामिस अन्तर्गत उनी श्री शेर गण (शान्ति सेना) बाह्रौँ डफ्फामा कार्यरत थिए।

सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार बाँठा २०८० साउन ११ मा उनी  दक्षिण सुडानको रुम्बेकस्थित गण हेडक्वार्टर रहेको भेहिकल वर्कसपमा घाँटीमा पासो लगाई झुन्डिएको अवस्थामा फेला परेका हुन्।

उनी     भेरी अञ्चल, जाजरकोट जिल्ला, खलङ्गा गाउँपालिका, वडा नं. ६ निवासी हुन्। अहिले शव पोस्टमार्टमको प्रक्रिया तथा अनुसन्धानको क्रममा रहेको निर्देशनालयले जनाएको छ।

साउन १२, २०८० शुक्रबार २०:०८:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।