गल्फ लुब्रिकेन्टको डिलर मिटमा आर्थिक अवस्थाको समीक्षा

गल्फ लुब्रिकेन्टको डिलर मिटमा आर्थिक अवस्थाको समीक्षा

काठमाडौँ : गल्फ लुब्रिकेन्टको उत्पादक एवं वितरक नेपाल ल्याब आयल लिमिटेडले डिलर मिट कार्यक्रम गरेको छ। कम्पनीले काभ्रेको धुलिखेलमा डिलर मिट कार्यक्रम आयोजना गरेको हो।

डिलर मिट कार्यक्रममा नेपालभरिको ५० भन्दा बढी डिलर र नेपाल ल्याब आयल लिमिटेडको प्रतिनिधि सहभागी भएका थिए।

सो कार्यक्रम देश आर्थिक मन्दीमा गुज्रिरहेको समयमा डिलरहरूले सामना गरेको समस्याबारे समीक्षा भएको कम्पनीले जानकारी दिएको छ। सो कार्यक्रममा आगामी दिनमा कसरी अगाडि बढ्न सकिन्छ भन्ने रणनीति बनाइएको कम्पनीले जानकारी दिएको छ।

कार्यक्रममा लुब्रिकेन्ट र ब्याट्री डिभिजनका विभिन्न विधानमा सर्वोत्कृष्ट भएका डिलरहरूलाई सम्मान गरिएको थियो।

कार्यक्रममा बोल्दै नेपाल ल्याब आयल लिमिटेडका कार्यकारी निर्देशक करण चौधरीले कम्पनीको भन्दा पनि बाह्य असरका कारण गत वर्ष देशका अन्य उद्योगहरू जस्तै कम्पनीले पनि विभिन्न समस्याको सामना गर्नु परेको बताएका थिए।

तत्काल सुधार हुने सङ्केत नदेखिएको भन्दै उनले आगामी दिनमा उत्पन्न हुनसक्ने परिस्थितिलाई विभिन्न रणनीति बाएर व्यवसायलाई मजबुत बनाउँदै अगाडि बढ्न जरुरी रहेको बताएका थिए। 

साउन १२, २०८० शुक्रबार १७:३२:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।